प्युठानको एक घरमा मानव कङ्काल भेटियो

प्युठान | भदौ १७, २०८१

प्युठानको एक घरमा मानव कङ्काल भेटियो सांकेतिक तस्वीर

प्युठान:    प्युठानमा मानव कङ्काल भेटिएको छ । माण्डवी गाउँपालिका–२ अधेरीको पुरानो घरमा मानव कङ्काल फेला परेको हो । 

    
स्थानीय दलबहादुर खत्रीको घरमा मानव कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । 


स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए । ओत लागेको समयमा मानव कङ्काल देखिएको स्थानीय बताएका छन् । कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कङ्काल भेटिएको प्रहरीले जनाएको छ । 

    
मानव कङ्काल भेटिएको घर विगत सात वर्षदेखि खाली रहेको थियो । घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ । 


सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली आज घटनास्थलमा पुगेको हो । 


प्रहरीले कङ्काललाई प्यूठान अस्पताल लिई डिएनए प्रोफाइल जाँच तथा शव परीक्षण गरिने जनाएको छ । त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरु हुने प्रवक्ता केसीको भनाइ छ । 

काठमाडौं: नेपाली कांग्रेस विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिले तोकिएको समयभित्र १५ औं नियमित महाधिवेशन नभए स्वतः विशेष महाधिवेशन गर्न माग गरेका छन् । विशेष महाधिवेशनका मागकर्ता महाधिवेशन प्रत...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।  उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनी...

थप पढ्नुहोस्

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताउनुभएको छ । ...

थप पढ्नुहोस्